रबिन्द्र प्रजापति, माघ १५ गते रौतहट ।
महोत्तरीमा १९८ वटा मुद्दामा प्रहरीले १ सय ४९ जनालाई पक्राउ गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीमा तीन महिनाको अवधिमा १ सय ९८ वटा मुद्दा दर्ता भएको छ । विभिन्न शीर्षकमा कात्तिकमा ५४, मंसिरमा ६७ र पुसमा ७७ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले अनुसन्धानको क्रममा १ सय ४९ जनालाई पक्राउ गरिएको र त्यसमध्ये २५ जनालाई पुर्पक्षका लागि थुनामा राखिएको छ भने ७३ जनालाई धरौटीमा छाडिएको जानकारी दिए ।
तीन जना नाबालक भएको कारण अभिभावकको जिम्मा लगाएको, एक जनालाई बाल सुधार गृहमा लगिएको, ४७ जनालाई अनुसन्धानको क्रममा राखिएको र एक जना फैसला भएपछि फरार रहेको कार्यालयका प्रवक्ता विष्टले जानकारी दिए ।
१९८ वटा मुद्दामध्ये अहिलेसम्म एक जनालाई फैसलापछि एक वर्ष एक महिना जेल सजाय र एक लाख १६ हजार जरिवाना गर्ने आदेशअनुसार कारवाही भैरहेको प्रवक्ता विष्टको भनाइ छ । तीन महिनाको अवधिमा लागुऔषध ओसारपसार तथा कारोबारका ३० वटा र २८ वटा सार्वजनिक शान्ति सुरक्षा विरुद्धको कसुरमा मुद्दा दायर भएको प्रहरीको तथ्यांक छ ।
पुरानाे समाचार
रौतहटमा मओवादीबाट निर्वाचित वडा अध्यक्ष सहित सयौ नेता कार्यकर्ताहरु काँग्रेसमा प्रवेश
नयाँ समााचार