गए राती सर्लाहीबाट लागूऔषधसहित दुई जना पक्राउ

रबिन्द्र प्रजापति, माघ १७ गते रौतहट ।
सर्लाहीबाट लागूऔषधसहित दुई युवक पक्राउ परेका छन् । दुबैजनालाई आइतबार राति प्रहरीले मलंगवा नवलपुर सडक अन्तर्गत कविलासी नगरपालिका ८ बाट चेकजाँको क्रममा एचआर २६बिपि १८७६ नम्बरको कारमा सवार उनीहरु लागूऔषधसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा लालबन्दी नगरपालिका ८, का अख्तर हुसैन र कार चालक ईश्वरपुर नगरपालिका ६ का अशोक लामा रहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।
पक्राउ गरेको उनीहरुको साथबाट डाइलेक्स डिसी १०० एम एल ११ बोटल, नोफिन फेनेरागन ११ एम्पुल र हाई(टिच ईन्जेक्सन ३ पिस बरामद भएको हो । दुबैजनामाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

16 Push 077 final