हावाहुरीले रुख ढल्दा च्यापिएर धनुषामा दुई विद्यार्थीको मृत्युु

रबिन्द्र प्रजापति, माघ २१ गते् रौतहट ।
बिहीबार रातिदेखि चलेको हावाहुरीले रुख ढल्दा च्यापिएर दुई विद्यार्थीको मृत्यु भएको छ ।
धनुषाको सबैला नगरपालिका—१२ स्थित फकिरचन्द उच्च माविको प्रांगणमा रहेको मसालको रूख ढल्दा दुई विद्यार्थीको ज्यान गएको हो ।
मृत्युु हुनेमा ८ वर्षीया प्रतिमा कुमारी सदा र ७ वर्षिय अरबन्दी सदाको मृत्यु भएको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए ।
दुबैजनाको टाउकोमै चोट लागि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
रातिदेखि चलेको हावाहुरीले मधेश प्रदेशको जनजीवन प्रभावित बनेको छ ।

फाइल तस्बिर

error: Content is protected !!