रौतहटको कटहरिया नगरपालिकाकोअवास भवनको प्रवेश अवसरमा पुजा आयोजना

रबिन्द्र प्रजापति । २०७८ चैत्र १२ गते सनिबार

16 Push 077 final

रौतहटको ईतिहासमा पहिलो पल्ट कटहरिया नगरपालिकाले हनुमान आराधना पुजा गरेका छन ।
जिल्लाको कटहरिया नगरपालिका नगर कार्यपालिकाका कर्मचारीहरुले संयुक्त रुपमा हनुमान अराधना पुजा तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेका हुन ।
कटहरिया नगरपालिकाको कार्यलय भित्र रहेको अवास भवनको प्रवेश अवसरमा पुजा आयोजना गरिएको नगरपालिकाका योजना प्रमुख राम नरेश यादवले जानकारी दिनु भयो ।


कटहरिया नगरपालिकाका नगर प्रमुख सियाराम कुशवाहाले बिधिवत रुपमा पुजा पाठ गरे पछि पुजा शुभारम्भ भएको छ ।
नगरपालिकाको लगानीमा शुरु भएको हनुमान आराधनामा लोक गाएक रबि रंजन साहलले आफनो सांस्कृतिक प्रस्तुती दिने कार्यक्रम दिने रहेका छन ।
हनुमान आराधना पुजाको अवसरमा कटहरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम प्रकाश साह, वडा नं. ९ का वडा अध्यक्ष रामअज्ञा यादव,
८ का नवद राय, कटहरिया म्युजिकल एफ एमको तर्फबाट प्रकाश श्रेष्ठ र नगरपालिकाको तर्फबाट सम्पुर्ण कर्मचारीहरुको उपस्थितीमा पुजा शुरु भएको छ ।