
रबिन्द्र प्रजापति । २०७८ चैत्र १३ गते आईतबार
सर्लाहीमा यात्रुबाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। दुर्घटनामा ३० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
आइतवार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फुलजोरमा यात्रुबाहक बस पल्टिँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएका छन् ।
बसमा सवार २५ जनाभन्दा बढी यात्रु घाइते भएको प्रारम्भिक जानकारी आएको छ ।
वीरगन्जबाट जनकपुरतर्फ आउँदै गरेको ना ४ ख ८५५५ नम्बरको यात्रुवाहक बस फुलजोर खोलाको बार भत्काउँदै खोलामा खस्दा दुर्घटना भएको हो ।
गुडिरहेको बस एक्कासि खोलामा खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख केदारमान दोङले जानकारी दिए ।
दुर्घटनामा ज्यान गुमाउनेहरुको अहिले सनाखत हुन सकेको छैन् ।
दुर्घटनामा घाइते भएकाहरुको लालबन्दीस्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
घटनाको थप विवरण भने आउन बाँकी छ। बसको अगाडिको चक्का पड्किएर अनियन्त्रित भई पुलबाट खसेको प्रहरीको प्रहरीको आशङ्का छ । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।