कटहरिया नगरपालिकाके नगर स्तरिय घर घर जाउ कांग्रेसके जिताउ अभियान कटहरियामे संम्पन

रबिन्द्र प्रजापति चैत १४ गते रौतहट ।

रौतहटको कटहरियामा नेपाली कांग्रेसको घर घर जाउ कांग्रेस जिताउ अभियान संम्पन भएको छ । कटहरिया नगरपालिकाका नगर सभापति शम्भु कान्त यादवको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अथित नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले घर घर जाउ कांग्रेसलाई नै जिताउ अभियान सफल पार्न पार्टीका सम्पुर्ण नेता कार्यकर्ताहरूलाई निर्देशन दिनु भयो ।
कटहरिया बजारमा रहेको बिवाह भवनमा आयोजना गरिएको कार्यक्रममा बोल्दै प्रमुख अथिती गुरुङले
देशमा कांग्रेसलाई जिताउनको लागि सर्वप्रथम आफू सक्रिय भयर लागे न भने कांग्रेस कुनै पनि हालतमा जितन नसकिने बताउनु भयो ।
कटहरिया नगरपालिकाका प्रत्येक वडामा पार्टीको वडा कार्यलय संचालन गर्नु पर्ने सुझाव दिनु भएको थियो ।प्रशिक्षण कार्यक्रममा बोल्दै वहाले प्रत्येक कार्यकर्ताले पन्ध्र प्रन्ध्रजनाको घरमा जानु पर्ने र जनता संग दुख सुखको कुरा गर्न सबैलाई आग्रह गर्नु भयो
साथै वहाले देश बाहिर रहेका युवाहरुलाई सक भर घर बनेलाउन प्रयास गर्ने नभए उतैबाट घरका सदस्यहरुलाई भोट दिन लगाउने प्रयतन गर्ने र तयसका लागि समाजिक संजाल हवाटस्प, आई अमओ,मैसेनजर लगाएतका एपहरु प्रयोग गर्ने निर्देशन दिनु भयो ।
त्यस्तै कटहरिया नगरपालिकाका नगर प्रमुखले गर्न नसकेको कामहरुको बारेमा जनताहरुको घर घरमा गएर त्यसबो जानकारी गराउने बताएका थिए ।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गरिदै नव निर्वाचित जिल्ला सभापति एवं रौतहट क्षेत्र नं.३ का पुर्व सांसद सुनिल यादव उर्फ जितेन्द्रले देशमा कम्युनिस्टहरूको तनाशाह प्रवृत्तबाट जनताहरु बच्चाउन कांग्रेसले निकै ठुलो भुमिका खेलेको भन्दै आउदो बैशाख ३० गते हुन गईरहेको स्थानीयतहको निर्वाचनमा कांग्रेसलाई नै जिताउन सबै संग आग्रह गर्नु भयो ।

यादवले यो देशमा कम्युनिस्टहरू लाई दुई तिहाइ दिदा शिक्षा ,स्वास्थ्य र रोजगारी गुमाउनु परेको भन्दै आरोप लगाउनु भयो ।
कांग्रेसले देशमा सत्ताको लागि नभई परिवर्तनको लागि सधै लडाइँ लडदै आएको वहाँले बताउनु भयो ।

त्यस्तै रौतहट क्षेत्र नं. ३ (क) का क्षेत्रिय सभापति सर्फलाल प्रसाद गुप्ताले गत निर्वाचनमा कम्युनिस्टहरु जनतालाई घर बनाई दिने ,जमिन दिने र ठुलठुल्ला सपना देखाएर भ्रमित पार्ने काम मात्र गरेको आरोप लगाउनु भयो ।

सो कार्यक्रमा माहासमिती सदस्य बालमिकी यादव, मौलापुरका सभापति संतोष साह, गुजरा नपाका सभापति कुमार चैलागाई, क्षेत्र नं. ३ ख का सभापति अर्जुन यादव, कटहरिया नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष उमेश यादव, नेपाल शिक्षक संघ प्रदेश २ का बरिष्ठ उपाअध्यक्ष राममंगल राय याबद लगायत पार्टिका नेता कार्यक्रर्ताहरुको उपस्थितरहेको थियो ।