जिल्लाको कटहरिया नगरपालिका वडा नं. ५ नेपाली कांग्रेसका टोल कमिटीसम्पन्न

रबिन्द्र प्रजापति चैत १४ गते रौतहट

नेपाली कांग्रेसका टोल कमिटी गठन भएको छ । नेपाली कांग्रेस आयोजना गरेको घर घर जाउ कांग्रेस जिताउ अभियान मार्फत जिल्लाको कटहरिया नगरपालिका वडा नं. ५ मा रहेको कटहरिया गाँउ टोलमा टोल कमिटी गठन गरिएको कांग्रेसले जनाएको छ ।
वडा नं.५ को वडा सभापति लालु राय यादवको सभापतित्वमा भएको कार्यक्रममा वडा नं. ५ टोल कटहरिया गाँउमा रामविनय राय यादवको नेतृत्वमा ८१ सदस्य चयन गरिएको सभापति लालु यादवले जानकारी दिनु भयो ।
कार्यक्रममा प्रमुख अथिती क्षेत्रिय सभापति सर्फलाल प्रसाद गुप्ता रहनु भएको थियो भने बिशिष्ट अथिती नगर सभापित शम्भु कान्त यादव रहनु भएको थियो ।


कार्यक्रममा अथितीको रुपमा जिल्ला सदस्य एंव महासमिती सदस्य बालमिकी यादव, सुपरिवेक्ष सुरेन्द्र राम, कटहरियाका युवा नेता रामजनम यादव,
कटहरियाका युवा नेता हरि पंडित, दिनानाथ साह कलवार, प्रताप राय यादव, हेमलाल साह सोनार, रामबरन साह सोनार, राकेश यादव, नागेन्द्र प्रसाद यादव,
राजकुमार साह, राजाबाबु, सियाराम साह सोनार, राजु साह कानु, श्री राम यादव, उपेन्द्र राय यादव, पंजे राय यादव, अमिन्द्र राय यादव, रामअश्रे साह, राम बिश्वाश हजरा, बिरेन्द्र हजरा प्रेमलाल हजरा, लगाएत कांग्रेसका नेता कार्यकर्ताहरुको बिषेश उपस्थिती रहेको थियो ।