
रबिन्द्र प्रजापति, चैत १५ गते रौतहट ।
सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ
सोमबार साँझ कविलासी नगरपालिका १० सलेमपुरमा प्रदेश–२–०३–०१८ प ९६८३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किँदा मोटरसाइकल चालक मलंगवा नगरपालिका ३ का २७ वर्षीय तौखिन मिकरानी र मोटरसाइकलको पछाडि बसेका मलंगवाकै २६ वर्षीय मकवुल लहेरीको मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ
दुर्घटनामा घाइते भएका मिकरानीको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो
लहेरीलाई भने थप उपचारका लागी वीरगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।