
रबिन्द्र प्रजापति, चैत १६ गते रौतहट ।
जनकपुरको पिडारीचोक स्थित नमुना वस्तीको एक घरमा आगलागी हुँदा आगलागीको बेला घरमा खाना पकाउने ग्यास सिलिण्डर समेत विस्फोट समेत भएको प्रहरीले जनाएको छ आगलागीमा परेर एकजना बालक घाइते भएका छन् ।
बालकको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
बुधबार साँझ स्थानीय अवधकिशोर यादवको घरमा अचानक आलगागी भएका डिएसपी बस्नेतले जानकारी दिए ।
एउटा सरकारी नम्बरप्लेटको मोटरसाइकल जलेको छ भने घरमा भएको सरसमान जलेको प्रहरीले जनाएको छ ।
जलेको सरकारी मोटरसाइकल सोही घरमा भाडा लिएर बसेका मुजेलिया स्थित सडक डिभिजनको एकजना सवइन्जिनियरको रहेको डिएसपी बस्नेतले जनाएको छ आगलागी के कसरी भयो भन्ने अहिलेसम्म खुलेको छैन ।
सम्पूर्ण क्षति विवरण आउन बाँकी रहेको डिएसपी बस्नेतले बताए ।