पर्सामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ जना गम्भीर घाईते

रबिन्द्र प्रजापति, चैत १७ गते रौतहट ।
पर्सामा दुई वटा मोटरसाइकल एकआपसमा ठोकिँदा २ जनाको मृत्यु भएको छ भने ३ जनाको को अवस्था गम्भीर रहेको छ
बिहिवार पर्साको पोखरीया नगरपालिका वडा नं। ४ स्थित नहरछेउको सडकडमा विपरित दिशामा रहेका ना ३ प १०२६ र प्रदेश २–०३–००४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए
दुर्घटनामा दुबै मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जनाएको छ
दुर्घटनामा परेर पर्साको धोबीनी गाँउपालिका २ गुलरीयाका ३५ वर्षीय ललन पटेल र सखुवा प्रसौनी ५ एकडरवाका २९ वर्षीय हसिन्दर सहनीको मृत्यु भएको हो
त्यस्तै धोबिनी २ का ३० वर्षीय रोजदिन मया, सखुवा प्रसौनी ५ एकडरवाका रन्जित महत्तो र सोही स्थानका ठाँउका १९ वर्षीय सुपेन राउत गम्भीर घाइते भएका छन् ।
घाइते भएका तीनै जनाको वीरगन्ज स्थित नारायणी अस्पतालमा उपचार भइरहेको डिएसपी खनालले जानकारी दिनु भयो