सशस्त्र प्रहरी बल बरियारपुर बाराले मोटरसाइकलसहित गाँजा गरे बरामद

रबिन्द्र प्रजापति, चैत १७ गते रौतहट ।
बाराबाट मोटरसाइकलसहित प्रहरीले लागुऔषध गाँजा बरामद गरेका छन
सशस्त्र प्रहरी बल बरियारपुरले मोटरसाइकलसहित १५ केजी गाँजा बरामद गरेको छ ।
बाराको गंजभवानीपुरबाट मोटरसाइकलमा लागुऔषध गाँजा बोकेर जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर ८ धर्मपुरतर्फ आइरहेको अवस्थामा गस्तिमा रहेको सशस्त्र प्रहरीले चेकजाँच गर्न खोज्दा मोटरसाइकल नरोकी चालक फरार भएपछि पछ्याउदै गएको प्रहरी टोलीले मोटरसाइकलसहित गाँजा बरामद गरेको सशस्त्र प्रहरी बल १२ नम्बर गणका गणपती राजेन्द्र थापाले बताए ।
लागुऔषध गाँजा र मोटरसाइकललाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाइएको छ ।