
नेकपा माओबादीको कलाकार सम्मान तथा पार्टी प्रबेश कार्यक्रम कटहरियामा सम्पन, करिब १५० जनाले गरे पार्टी प्रवेश
रबिन्द्र प्रजापति, चैत १८ गते रौतहट ।
रौतहटको कटहरियामा कलाकार सम्मान तथा पार्टी प्रबेश कार्यक्रम सम्पन भएको छ । विहीबार जिल्लाको कटहरिया नगरपालिकाको वार्ड नं. ५ बिवाह भवनमा एक कार्यक्रमको आयोजना गरि नेकपा माओबादिले सम्मान सहित बृहत् पार्टी प्रबेश गराएको थियो ।
बिवाह भवनमा आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथी नेकपा माओबादी पार्टिको केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज युवराज समीर भट्टराई रहनु भएको थियो भने कार्यक्रमको बिशिस्ट अतिथी पुर्वसांसद देबेन्द्र पटेल रहनु भएको थियो । कार्यक्रमद्धारा सोहि ठाउँका विभिन्न पार्टी परित्याग गरि नेपाल कम्युनिष्ट पार्टी माओबादी मा प्रबेश गरेका थिए । बिभिन्न पाटी परित्याग गरी करिब १५० जना भन्दा बढी मानिसहरु प्रबेश गरेका थिए । नव पार्टी प्रबेशीलाई कार्यक्रमको प्रमख अतिथिले फुलमाला,टिका र दोसाला ओढाई स्वागत गरेका थिए ।

कलाकार सम्मान तथा पार्टी प्रबेश कार्यक्रममा जिल्लाका माओबादी केन्द्रको वाईसिएलका जिल्ला संयोजक युवा नेता अंजित कुश्वाहाले स्वागत मन्तब्य राख्नु भएको थियो । स्वागत मन्तब्य राख्दै कुश्वाहाले भने देशमा माओबादी सबभन्दा ठुलो पार्टी रहेको बताए । केहि बहरुपिया मानिसहरुको पछाडी नलागी आफ्नो पार्टीलाई बढाउन कार्यक्रताहरुमा आग्रह समेत गरेका छन । कार्यक्रमको प्रमुख अतिथि सम्बोधन गर्दै नव प्रबेशी पाटीका कमरेडहरुलाई बधाई दिर्दै पार्टीको सबल सक्षम बनाउन आग्रह गरेका थिए ।हाम्रो देशमा नेकपा माओबादीले सबैको कल्यान गर्न पार्टी रहेको दावी गरे ।
सोहि कार्यक्रमको बिशिष्ट अतिथि रहनु भएका पुर्वसांसद देबेन्द्र पटेल लगायत पार्टीका बिभिन्न शिर्ष नेताहरु आफ्नो–आफ्नो मन्तब्य राखेका थिए भने कार्यक्रमको अध्यक्षता गर्दै नेकपा माओबादी पार्टीका कटहरिया नगरपालिकाको मेयर पदको भावी उम्मेदवार नसरुदिन अंसारीले आफ्नो मन्तब्य राख्दै कार्यक्रमलाई समापन गरेका थिए ।