
रौतहटको कटहरियामा भोली देखि चैती दुर्गा पूजा शुरु
रबिन्द्र प्रजापति, चैत १८ गते रौतहट ।
रौतहटको कटहरियामा हरेक वर्ष चैत महिनामा लागने दुर्गा मेला यो वर्ष पनी लागदै छ बैधिमाईको प्रङ्गणमा चैत नवमि को पूजा भोलि देखि शुरु हुदैछ ।
भोलि शनिबार १९ गतेको दिन घटस्थापना परेको मेला समितिले जनाएको छ । जिल्लाको चर्चित बजार कटहरियामा लामो समय देखि स्थानिएहरुले चन्दा असुलि गरि मेला लगाउदै आएको र एस वर्ष पनी स्थानियहरुले चन्दा असुली गरि मेला लगाउने कार्य शुरु गरिएको मेला समितिका अध्यक्ष प्रकाश श्रेष्ठले जनाएको छ ।
भोली घटस्थापना भएकोले कटहरिया बजार र गाँउका स्थानीय बासी ब्यपारी र कन्या कुमारीहरुलाई कलश यात्रामा बिहान १० बनेको समयमा यात्रामा उपस्थितका लागी मेला समितिले आग्रह गरेका छन
असोज महिनामा लागने दुर्गा मेला रौतहटको कटहरियामा चैत मसान्तमा पनी दुर्गा पूजा मनाईन्छ ।

घटस्थापनाका दिन देखि भक्तजनको र दर्शनालुहरुको भिडभाड देखिन छ बैढिमाईको प्रङ्गनमा दुर्गामाताको मुर्ति बन्ने कार्य तिब्र गतिमा भईरहेको मेला समितिले जनाएको छ यो वर्ष धुमधामका साथ मेला लगाउने भएको पुजन समितीका सचिव सरोज साहले जनाकारी दिनु भयो ।