
लोसपालाई रौतहटमा फ़ेरि ठुलो झटका, लोसपाको केन्द्रीय सदस्य कन्थमनी प्रसाद जयसवालले गरे नेकपा एमालेमा प्रवेश
रबिन्द्र प्रजापति, चैत १८ गते रौतहट ।
लोसपालाई रौतहटमा फ़ेरि ठुलो धक्का लागेको छ लोसपाको केन्द्रीय सदस्य तथा उद्योग वाणिज्य संघ रौतहटका पुर्व अध्यक्ष कन्थमनी प्रसाद जयसवालले नेकपा एमालेमा प्रवेश गरेपछि लोसपालाई ठुलो झटका लागेको हो
बालकोटमा शनिबार भएको पार्टी प्रवेश कार्यक्रममा लोसपा परित्याग गरी नेता जयसवालले एमालेमा प्रवेश गरेका हुन् ।
समाजसेवीको नामले प्रख्यात रौतहटको गरुडा घर भएका नेता जयसवाल लोसपा छोडेर एमालेमा प्रवेस गरेका छन ।
नेता जयसवाललाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टिका र माला लगाएर पार्टीमा स्वागत गरेका छन् ।
एमालेमा लागेका नेता जयसवाल आउँदो बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा एमालेबाट गरुडा नगरपालिकाको मेयर पदमा लडने योजना बनाएका छन् ।