चैते दशैंका आज घटस्थापन कटहरियामा आयोजना गरिएको पुजाको लागि कलश यात्रा संम्पन

रबिन्द्र प्रजापति २०७८ चैत्र १९ गते

आज चैते दशैंको घटस्थापन देशका बिभिन्न ठाउमारहेको शक्ती पिठमा दर्शनार्थीहरुले घटस्थापन गरिदैं छ ।
यसै बिच रौतहटको मध्यमभाग कटहरियामा चैती दशैंको उपलक्ष्यमा आयोजना गरिएको दुर्गा पुजामा कलश यात्रा कार्यक्रम संम्पन भएको छ ।

16 Push 077 final

कटहरियामा रहेको बौधीमाई मन्दिरको प्राङ्गनबाट निस्केको कलश यात्रा लालबकैया खोलाबाट जल भरेर पुजा स्थलमा आएर घटस्थापन गरिएको छ ।
करिब सयौको संख्यामा गएका कुमारी र विवाहीत महिलाहरुले खोलाबाट जल भरेर पुजा स्थलमा आएका थिए ।
कटहरियामा हरेक वर्ष झै यस बर्ष पनि चैते दुर्गा मेला लागेका छन ।

जिल्लाको चर्चित बजार कटहरियामा लामो समय देखि स्थानिएहरुले चन्दा असुलि गरेर मेलाको आयोजना गरिदै आएको मेला समितिका अध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिनु भयो ।
कटहरियामा बर्षमा दुइ पलट हुने दुर्गा पुजा असोज र चैत महिनामा हुदै आईरहेको श्रेष्ठको भनाईरहेको छ ।