रौतहटको फतुवा बिजयपुर नगरपालिकामा मेयर पदको लागी ज्ञानेन्द्र कुमार यादवको चर्चा सुरु
बौद्धिमाई न्यूज डेस्क, चैत २६ गते रौतहट ।
रौतहटको फतुवा बिजयपुर नगरपालिकामा नेपाली कांग्रेसका अभियान जेष्ठलाई सम्मान, युवालाई मतदान अभियान अन्तरगत आउदो बौशाख ३० गते हुने स्थानिय तहको चुनावमा मेयर पदको लागी ज्ञानेन्द्र कुमार यादवको चर्चा सुरु भएको छ ।
जिल्लाको उत्तरी भेगमा अवस्थित फतुवा बिजयपुर नगरपालिकाको मेयर पदका लागि राजनीतिमा २५ बर्ष देखि निरन्तर सक्रिय युवा नेता ज्ञानेन्द्र कुमार यादवको मेयर पदको लागि उम्मेदवार बनाउन नेपाली काँग्रेस पार्टी भित्र र बाहिर जनताको बिचमा चौतर्फी चर्चा सुरु भएको छ ।
भावी मेयर पदका उम्मेदवार युवा नेता यादवले आफ्नो जीवनको आधी भन्दा बढी समय जनता, नेता, कार्यकर्ता र पार्टीको लागि समर्पित गरेका हुन । राजनीति गर्ने सबैको मनमा चाहना हुन्छ कि कम्तीमा एक पल्ट सार्वजनिक पदमा बस्न मौका मिलोस तर यहाँ एक पल्ट निर्वाचित भएको व्यक्ति नै चाहन्छन् कि म बाहेक अरू यो पदमा नआए राम्रो हुन्छ भने सोचले अन्य सक्रिय राजनीति गर्ने व्यक्तिहरू पार्टीको आन्तरिक दबावले पछाडि परेको नेता यादवले बताए ।
यसपालि फतुवा विजयपुर नगरपालिकाको मेयर पदमा मलाई टिकेट दिएर उम्मेदवार बनाउने छन भने पुरै आशाको साथका जनताको बिचमा लगभग मेरो उम्मेदवार हुन्छ भने बहस सुरु भएको नेता यादवले बताउनु भयो । फतुवा विजयपुरमा सोहि स्थानका जनताहरुले नया अनुहारको खोजिमा रहेकोले २५ वर्षदेखि स्थानिय दलित मुसलिम अस्हायहरु लगाएत एस भेगका सम्पुर्ण जनताहरुलाई हरेक दुख सुखमा सधै हात्तमा हात्त जुटाएर समस्याको समधान गर्दै आएका नया अनुहारका युवा, जुधारु, लग्नसील, नेता ज्ञानेन्द्र यादवलाई नै नेपालि कांग्रेशले टिकट नेता यादवलाई नै दिनु पर्ने स्थानियको चाहना रहेको छ
कटहरिया म्यूजिकल एफ एम संग कुरा गर्दा नेता यादव संग आउदो बौशाख ३० गते स्थानिय निर्वाचनको लागी मेयर पदमा निर्वाचित भएमा एस नगरपालिका अन्तरगत बिकाष र केकस्ता सोेच रहेको संधमा कुरा कानी गर्दा यादवले भन्नु भयो
मेरो एउटै अभियान छ यसपालि मैले काँग्रेस पार्टीबाट मेयर पदको लागि यस नगरपालिकाको टिकेट पायौं भने हाम्रा पार्टी भित्रका जेष्ठ नागरिकलाई सदैव उच्च सम्मान, अभिभाव र आशिर्वादको निमित्त साथसाथ लिएर अगाडि बढ्ने बताए । जुन प्रकारको जनताको चाहना मप्रति एक्कासी बढिरहेको छ यसलाई पार्टीले मुल्यांकन गरि मलाई उम्मेदवार बनाउन सकेनन् भने अहिलेको उत्साह पछि जनता बिच पार्टीले सायद देख्न सक्दैन भन्दै पार्टीलाई युवा नेता यादवले आग्रह समेत गर्नु भयो