बाराबाट लागूऔषध नाइट्रोभेट सहित एकजना पक्राउ

रबिन्द्र प्रजापति, बैशाख १५ गते रौतहट ।
बाराबाट लागूऔषध नाइट्रोभेट सहित एकजना पक्राउ परेका छन् ।
लागूऔषध नाइट्रोभेट ६० पिस सहित बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं. २ का २० वर्षीय अनिष श्रेष्ठ पक्राउ परेको प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले जानकारी दिए । श्रेष्ठलाई बारा जिल्ला अदालतबाट लागू औषध मुद्दामा म्याद लिई थप अनुसन्धान थालेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

16 Push 077 final