रौतहटमा नम्बर नखुलेको गाडीको ठक्करबाट एक जनाको मृत्यु

रबिन्द्र प्रजापति, बैशाख १७ गते रौतहट ।
रौतहटमा नम्बर नखुलेको गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको चन्द्रपुर नगरपालिका ४ टेकान टोल बस्ने हरि गौतम रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी सन्तुलाल जयसवालले जानकारी दिए ।
शुक्रवार राति इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर अगाडी नम्बर नखुलेको गाडीको ठक्करबाट गौतमको मृत्यु भएको डिएसपी जयसवालले जनाएको छ ।
घटना भए लगत्तै प्रहरी पुगेपनि गाडीको पहिचान हुन सकेको छैन। शव अहिले चन्द्रनिगाहपुर सरकारी अस्पतालमा राखिएको छ। ठक्कर दिने गाडीको खोजी भइरहेको डिएसपी जयसवालले जनाएको छ ।

16 Push 077 final