अफगानिस्तानको काबुलस्थित एक मस्जिदमा विष्फोट हुँदा ५० जनाभन्दा बढीको मृत्यु

एजेन्सी-
रौतहट, बैशाख १७ गते ।

अफगानिस्तानको काबुलस्थित एक मस्जिदमा विष्फोट हुँदा ५० जनाभन्दा बढीको मृत्यु भएको छ । शुक्रबार मस्जिदमा प्रार्थना भइरहेको समयमा उक्त विष्फोट भएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ। अफगानिस्तानमा मुसलमानको पवित्र महिना रमजानको क्रममा अफगानिस्तानमा एकपछि अर्को विष्फोटमा परी अहिलेसम्म दर्जनौं मानिसको मृत्यु भइसकेको छ। समाचारमा उल्लेख गरिएअनुसार शुक्रबार दिउँसो काबुलको पश्चिमी क्षेत्रमा रहेको खलिफा साहिब मस्जिदमा उक्त विष्फोट भएको हो। उक्त मस्जिदमा सयौं मानिसहरु नमाजको लागि जम्मा भएका थिए।
मस्जिदका प्रमुखले उक्त विष्फोटमा परी ५० भन्दा धेरै मानिसको मृत्यु भएको बताएका छन्। यद्यपि तालिबानले भने निकै कम संख्यामा मात्र मानिसहरुको मृत्यु भएको बताएको छ। मस्जिदका प्रमुखले उक्त विष्फोटमा परी ५० भन्दा धेरै मानिसको मृत्यु भएको बताएका छन्। यद्यपि तालिबानले भने निकै कम संख्यामा मात्र मानिसहरुको मृत्यु भएको बताएको छ। मस्जिदका प्रमुखले यो आक्रमण आत्मघाती हुन सक्ने बताएका छन् । उनका अनुसार नमाज गरुञ्जेल उनी सबैको बीचमा थिए र नमाज सकिनेबित्तिकै यो आक्रमण भएको हो । गत साता कुन्दुज प्रान्तमा पनि यस्तै विष्फोटमा परी बालबालिकासहित ३३ जनाको मृत्यु भएको थियो ।

16 Push 077 final