मोटरसाइकल दुर्घटना हुँदा धनुषमा एकजनाको मृत्यु

रबिन्द्र प्रजापति, बैशाख १८ गते रौतहट ।
धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
मृत्यू हुनेमा महोत्तरीको बर्दिबास नगरपालिका वडा नं। ७ किसाननगरका सन्जीव श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
शनिवार साँझ ढल्केबरबाट जनकपुरधामतर्फ आउँदै गरेको प्रदेश २–०२–००२प ३०५३ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भइको प्रहरीले जनाएको छ । मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

16 Push 077 final