सर्लाहीमा धारिलो हतियार प्रहार गरी रौतहटका एक युवकको हत्या

रबिन्द्र प्रजापति, बैशाख १८ गते रौतहट ।
सर्लाहीमा धारिलो हतियार प्रहार गरी रौतहटका एक युवकको हत्या भएको छ ।
सर्लाहीको हरिपुर नगरपालिका वडा नं.१, स्थित मुक्तेश्वर सामुदायिक वन स्थिात बागमती सिँचाइको नहरमा रौतहटको गुजरा नगरपालिका ५ बस्ने ३१ वर्षीय विष्णुसिंह घिसिङको हत्या भएको जिलला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ।
घिसिङको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शनिबार साँझ शव फेला परेको सर्लाही प्रहरीका प्रवक्ता डीएसपी माधव प्रसाद बुढथोकीले जानकारी दिए । शनिबार रातिनै घटनास्थलको मुचुल्का गरी शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ ।
घटनाको अनुसन्धान र अपराधमा संलग्नहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

16 Push 077 final