बारामा १२ वर्षीया बालिकाको जवरजस्ती करणी गरेको आरोपमा रौतहटका एकजना पक्राउ

रबिन्द्र प्रजापति, बैशाख २० गते रौतहट ।
बारामा १२ वर्षीया बालिकाको अपहरण गरी जवरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । बालिकालाई जबरजस्ती करणी गरेर फरार रहेका युवकलाई प्रहरीले पक्राउ गरेको हो ।
रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ७ बगही टोलका २० वर्षीय अफरोज अन्सारीलाई प्रहरीले पक्राउ गरेका छन् ।
बाराको कलैया उपमहानगरपालिकाकी बालिकालाई अन्सारीले वैशाख १० गते साँझ साथीको घरमा जाने क्रममा अपहरण गरी एकान्त स्थानमा लगेर जबरजस्ती करणी गरेका थिए । त्यसपछि ती बालिकालाई अन्सारीले काठमाडौं लगेर आफ्नो कोठामा बन्धक बनाएर राखेका थिए ।
यस घटना बारे प्रहरीमा उजुरी परेपछि बाराबाट खटेको प्रहरी टोलीले पीडित नाबालिकालाई काठमाडौंबाट उद्दार गरी ल्याएको थियो । फरार रहेका अन्सारीलाई भने वैशाख १७ गते पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए ।
अन्सारीविरुद्ध अपहरण शरीर बन्धक तथा जबर्जस्ती करणी मुद्दामा बारा जिल्ला अदालतबाट ७ सात दिनको म्याद अनुमति लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । सभार टुडेपाटी

16 Push 077 final