भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जेठ पहिलो साता नेपाल आउने तयारीमा

बौधिमाई
रौतहट, बैशाख २० गते ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जेठ पहिलो साता नेपाल आउने तयारीमा छन् ।
आगामी २ जेठ अर्थात् बुद्ध जयन्तीमा मोदी नेपाल भ्रमणमा आउने तयारीमा रहेकबो भारतीय पत्रिका द हिन्दूले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेको छ ।
पत्रिकका अनुसार मोदी १६ मेमा बुद्ध जयन्तीको अवसर पारेर नेपाल आउने तयारीमा छन् ।
तर, यसबारे नेपालको परराष्ट्र मन्त्रालयले कुनै ‍औपचारिक टिप्पणी गरेको छैन ।
नेपालले २ जेठमा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी मोदीबीच लुम्बिनीमा भेट हुने ठानिएको छ ।
प्रधानमन्त्री देउवाले एक महिनाअघि मात्र भारतको भ्रमण गरेका थिए । सन् २०१९ मा प्रधानमन्त्रीमा पुनर्निर्वाचित भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण हुनेछ ।

16 Push 077 final