रौतहटको फतुवा बिजयपुर नगरपालिकाका मेयर पदका उम्मेदवार यादवले प्रतिबद्धता पत्र गरे सार्वजनिक

बौधिमाई न्यूज डेस्क, बैशाख २० गते रौतहट ।
रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकाका मेयर पदका उम्मेदवार अरविन्द राय यादवले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।
नेपाल कम्यूनिष्ट पार्टी एकिकृत समाजवादी को तर्फबाट उम्मेदवार बनेका उनले बिजयपुरमा एक कार्यक्रम आयोजना गरी चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।
घोषणा–पत्रमा शिक्षा,स्वास्थ्य,खेलकुद ,कृषि तथा पशुपालन,भौतिक पूर्वाधार,खानेपानी सरसफाइ तथा सामाजिक सुरक्षा लाइ विशेष प्राथमिकतामा राखिएको छ ।
प्रतिबद्धता –पत्रमा बगर खेति र व्यवसाय तर्फ जोड,खरकको छानो विस्थापित गर्ने,नपाको भवन निर्माण गर्ने,नाला ढलानको व्यवस्था मिलाउने,सार्वजनिक सौचालय बनाउने,गुणस्तरीय र प्राविधिक शिक्षामा जोड दिने,नगर स्तरीय अस्पताल बनाउने,खेलकूद मैदान निर्माण गर्ने उल्लेख गरिएको छ ।
कार्यक्रममा मेयर उम्मेदवार यादवले नगर प्रमुखका रूपमा सबै प्रतिबद्धता पूरा गर्ने प्रणसमेत गरेका छन् । सभार कलमपाटी

16 Push 077 final