५ किलो गाँजासहित धनुषाबाट एकजना पक्राउ

बौधिमाई न्यूज डेस्क, बैशाख २२ गते धनुषा ।
धनुषाबाट प्रतिबन्धित ५ किलो गाँजासहित एकजना पक्राउ परेका छन् ।
प्र.२-०३-०१९ प १९४२ नम्बरको मोटरसाइकलमा सवार धनुषाको मिथिला नगरपालिका ६ ढल्केबर बस्ने ३१ वर्षीय किसुनदेव यादवलाई धनुषाको सबैला नगरपालिका १२ रघुनाथपुरबाट चेकजाँचको क्रममा गाँजासहित पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
उनले पिठ्युमा बोकेको झोलामा राखेको पाँच किलो गाँजा बरामद गरेको धनुषाका डिएसपी क्षेत्रीले जानकारी दिए ।
पक्राउ परेका यादवमाथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

16 Push 077 final