कटहरिया स्वास्थ्य केन्द्रलाई लाखौंको मेडिकल अर्थात स्वास्थ्य सामग्रि उपमेयर यादवद्धारा सहयोग
रबिन्द्र प्रजापति, भदौ २० गते रौतहट ।
मधेश प्रदेश सरकारले रौतहटको कटहरिया स्वास्थ्य केन्द्रलाई लाखौंको मेडिकल अर्थात स्वास्थ्य सामग्रि सहयोग गरेको छ ।
प्रदेश स्वास्थ्य आपुर्ति व्यवसथापन केन्द्र जनकपुरधाम धनुषाले आज एक कार्यक्रमका बीच कटहरिया स्वास्थ्य केन्द्रलाई १५ लाख बराबरको स्वास्थ्य सामग्रि उपलब्ध गराएको छ ।
प्रदेश सरकारले उपलब्ध गराएको उक्त सामग्रिहरु कटहरिया नगरपालिकाका उपमेयर रिता देवी यादवले कटहरिया अस्पताललाई हस्तान्त्रण गरेका छन् ।
चुनावको समय आफुले आफु निर्वाचित भएपछि शिक्षा, स्वास्थ्य, कृषि आदिलाई पहिलो प्राथमिकतामा राखी काम गर्ने जनतासँग गरेको प्रतिवद्धता अनुसार कटहरिया र कटहरिया आसपासका बासिन्दाको स्वास्थ्यमा कुनै समस्या नहोस भन्ने उद्देश्यले उक्त मेडिकल सामग्रि अस्पताललाई उपलब्ध गराएको उपमेयर रिता देवी यादवले बताए ।
उक्त मेडिकल सामग्रिका लागि कटहरिया नगरपालिकाका स्वास्थ्य शाखाका सह संयोजक दिनेश प्रसाद यादव पनि निकै पहल गरेका थिए ।