डाक्टरको लापरवाहीले एक बालकको मृत्यु, चन्द्रपुर अस्पतामा तोडफोड

रबिन्द्र प्रजापति, २० गते भदौ रौतहट ।
रौतहटमा डाक्टरको लापरवाहीले एक बालकको मृत्यु भएको छ । जिल्लाको चन्द्रनिगाहपुरमा रहेको चन्द्रपुर अस्पताल प्रालिमा समान्य ज्वरो आएर उपचारका लागि अस्पतालमा ल्याएको आधा घण्टामै चिकित्सकले मृत घोषणा गरेको पिडित परिवारले बताए । सोमबार बिहान करिब साढे पाँच बजेको समयमा चन्द्रपुर नगरपालिका वडा नं–७ घर भएका रुपलाल माझीका १० वर्षीय छोरा दिपेश माझीलाई समान्य ज्वरो आएर उपचारका लागि अस्पतालमा ल्याएको आधा घण्टामै ज्यान गएपछि स्थानीय आक्रोशित र तोडफोड समेत गरेका छन । अस्पतालका डाक्टर सुवास चौधरीले भने, डाक्टरको लापारबाहीका कारण नभएर बालकमा पहिला नै इन्फेक्सन भएका कारण मृत्यु भएको बताए।
आक्रोशित स्थानीयले अस्पतालमा ढुंगा प्रहार गर्दा अस्पतालको सिसा फुटेको छ।
मृतक बालकको शव पोस्टमार्टमका लागि वीरगञ्ज पठाइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छन्। घटनाबोरे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

error: Content is protected !!