कांग्रेसका मधेश प्रदेश सभापति यादवको नाम रौतहटको दुई ठाउँबाट सिफारीस

ओमप्रकाश यादव,
भाद्र १९ गते, रौतहट ।
आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनका लागि रौतहट क्षेत्र नं ३ को संघीय सांसदमा नेपाली कांग्रेसबाट तिन जनाको नाम सिफारीस गरिएको छ ।
नेपाली कांग्रेस क्षेत्र नं ३ को आइतवार कटहरिया स्थित विवाह मण्डपमा बसेको क्षेत्रीय बैठकले रौतहट क्षेत्र नं ३ को प्रत्यक्ष तर्फ प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसबाट कांग्रेसका मधेश प्रदेश सभापति कृष्ण प्रसाद यादव, कांग्रेसका रौतहट जिल्ला सभापति सुनिल कुमार यादव उर्फ जितेन्द्र र ओम प्रकाश जयसवालको नाम सिफारीस गरेको छ ।
यसअघि कांग्रेसका मधेश प्रदेश सभापति यादवको प्रत्यक्ष तर्फ रौतहट क्षेत्र नं १ को प्रतिनिधिसभा र १ कै ख बाट प्रदेश सांसद पदको लागि पनि नाम सिफारीस भइसकेको छ ।
त्यस्तै क्षेत्र नं ३ को क बाट प्रदेश सांसदको लागि प्रत्यक्ष तर्फ कांग्रेसका नेता बाल्मीकी यादव, महम्मद फिरोज आलम, राम मंगल यादव, जवाहर यादवको नाम सिफारीस गरिएको छ भने ख बाट सुनिल यादव, नविन चन्द्र प्रसाद यादव, उमेश यादव, भैरोलाल महतो, संतोश साहको नाम सिफारीस भएको छ ।
त्यसतै क्षेत्र नं ३ को क बाट समानुपाति तर्फ प्रदेश सांसदको लागि रमेश खरेल, पवनराज गिरी, बाल्मीकी यादव, फैज अहमद, शेख सैनुल्लाह, नाग राज त्रियादशी, इन्द्रादेवी चौधरी, निलम यादव, आशा कुमारीको नाम सिफारीस गरिएको छ भने ख बाट समानुपातिक तर्फ प्रदेश सांसदको लागि जनजाति बाट पत्रकार प्रकाश श्रेष्ठ, उमाकान्त सहनी, रंगिला कुमारी जयसवाल, निलम यादव, उपेन्द्र यादव, हृदयनारायण यादव, उमेश चौधरी, योगेन्द्र राय, सुनिता देवी यादव र महादेव साहको नाम सिफारीस गरिएको छ ।

error: Content is protected !!