गठबन्धनका उम्मेदवारलाई जिताउन कांग्रेसका जिल्ला सभापति सुनिल यादवको आग्रह ।

बौधिमाई-
भाद्र १९ गते, रौतहट ।
नेपाली कांग्रेस रौतहटका सभापति सुनिल कुमार यादव उर्फ जितेन्द्रले आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा देशभरी नै गठबन्धनका उम्मेदवारहरुल बहुमत सहित विजयी प्राप्त गर्ने बताएका छन ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तानाशाही प्रवृति देखाउँदै पटक पटक संसद विघटन गरी देशलाई गम्भिर संकटमा धकेल्न खोज्दा ओली जस्ता प्रतिगामीको विरुद्धमा बनेको पाँच दलीय गठबन्धन सरकारलाई जोगाउन गठबन्धनलाई पुन जिताउनुको विकल्प नरहेको जिल्ला सभापति यादवले बताएका छन् ।
रौतहटको कटहरिया स्थित विवाह मण्डपमा आइतवार नेपाली कांग्रेस क्षेत्र नं ३ क्षेत्रीय कार्य समितिद्धारा आयोजित कांग्रेसको साथमा जनता भन्ने कार्यक्रमलाई समबोधन गर्दै कांग्रेसका रौतहट सभापति सुनिल यादव उर्फ जितेन्द्रले पाँच दलीय गठबन्धन सरकारले मात्र देशलाई निकास दिन सक्ने भएकोले आउँदो निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाई बहुमत सहित निर्वाचित गराउन पार्टीका सम्पुर्ण नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका छन ।
कांग्रेस सहित पाँच दल मिलेर गठबन्धन गरी चुनाव लडन लागेकोले यसवर्ष आउँदो मंसिर ४ गते हुने संघीय सांसद र प्रदेश सांसदमा गठबन्धनकै उम्मेदवारहरु विजयी प्राप्त गर्नेमा आफु पुर्ण रुपमा विश्वस्त रहेको सभापति यादवले बताए ।
पाँच दलीय गठबन्धनको सामुने नेकपा एमाले जस्ता पार्टी टिक्न नसक्ने उल्लेख गर्दै यादवले आउँदो निर्वाचनमा पुन गठबन्धनकै नेतृत्वमा नै सरकार बन्ने दावी समेत गरे ।

error: Content is protected !!