बारामा डाँकासमूह र प्रहरीबीच दोहोरो झडप, २ राउण्ड हवाफ फाएर

बौधिमाई-
बारा, भदौ १९ गते ।
बारा डाँकासमूह र प्रहरीबीच दोहोरो झडप भएको छ । झडपमा प्रहरीतर्फ एक जना घाइते भएका छन् ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २३ भलुहीमा रहेको एरोटेक प्रा।लि।मा गए राति १२ बजे लुटपाट गर्न गएको डाँकासमूह र प्रहरीबीच दोहोरो फाइरिङ भएको हो ।
उद्योगमा डाँकाहरु प्रवेश गरेको सूचनापाएपछि पुगेको इलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी वरिष्ठ नायव निरीक्षक कमल बहादुर शाहीको कमाण्डमा टोली खटेको थियो । प्रहरी देख्नासाथ डाँका समूहले गोली चलाएपछि प्रहरीले पनि जवाफि फाइरिङ गरेको थियो ।
डाँका समूहले एक राउण्ड गोली चलाएको र प्रहरीले २ राउण्ड हवाफ फाएर गरेको बारा प्रहरीले जनाएको छ ।
हतियारसहित लुटपाट गर्न उद्योग छिरेको डाकासमूमध्ये एक जनाले फलामको रडले सई शाहीलाई टाउकोमा प्रहार गर्दा उनी गम्भीर घाइते हुन पुगेका हुन् । घाइते शाहीको अहिले बीरगन्ज हेल्थकेयर हस्पिटलमा उपचार भइरहेको छ ।
प्रहरीले डाँका समूहका २ जनालाई नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए ।
प्रहरीले डाँकाहरुको साथबाट ३ थान गोलिसहित एक थान भरुवा बन्दुक र एक थान कटुवा पेस्तोलसहित २ थान बन्दुक बरामद गरेको छ । नियन्त्रणमा रहेकाहरु स्थानीय चोरहरु रहेको र उनीहरुको बारेमा थप विवरण दिउँसो पत्रकार सम्मेलन गरेर जानकारी दिने पनि उपरीक्षक बोगटीले बताए । सभार नेपाल पेष्ट डेली

16 Push 077 final