नक्कली नोट बनाउने कागजातसहित सर्लाहीबाट एकजना सशस्त्र प्रहरीको नियन्त्रणमा

बौधिमाई-
सर्लाही, भदौ १९ गते
सशस्त्र प्रहरीले नक्कली नोट बनाउने कागजातसहित सर्लाहीबाट एकजनालाई नियन्त्रणमा लिएको छ ।
शुक्रबार नेपाल–भारत सीमावर्ती क्षेत्र बहादुरपुरबाट नक्कली नोट बनाउने नमुना कागज बरामद भएको सशस्त्र प्रहरी मधेस प्रदेशका डिआईजी गणेशठाडा मगरले जानकारी दिए ।
गोडैता नगरपालिका–३ सिमरा भगवतीपुर बजारमा खटेको सशस्त्र प्रहरीको टोलीले ठुलो परिमाणमा नक्कली नोट तयार गर्ने कागजको बण्डल बरामद गरेको हो ।
पक्राउ पर्नेमा नुवाकोटको ककनी गाउँपालिकाका ३२ बर्षका हिरामान लामा रहेका छन् ।
प्रहरीले नगद ४० हजार रुपैयाँ र सय दरका नक्कली नोट बनाउने ६९ बण्डल कागज बरामद गरेको हो भने पक्राउ परेका लामाको साथबाट १७ हजार नगद, माच्छापुच्छ्रे बैँकको ३० लाख ६० हजारको एक थान चेक, ग्लोबल आईएमई बैँकको चेक पासपोर्ट, बिलबुक र मोवाइल एकरएक थान, दुई थान एटिएम कार्ड र नागरिकता बरामद गरिएको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । सभार टुडेपाटी

16 Push 077 final