रौतहटमा जोखिम न्युनिकरणका लागि कृतिम घटना अभ्यास प्रदर्शन

रबिन्द्र प्रजापति । भदौ २८ गते रौतहट ।

बाढी र डुवानको सधै जोखिममा रहने जिल्ला रौतहटमा आज सम्भावित विपद जोखिम नियन्त्रणका लागि कृतिम घटनाको अभ्यास गरिएको छ ।
जिल्लाको लालबकैया नदिमा आज विपद् घटना भएको परिकल्पना गरी जोखिम न्युनिकरणका लागि कृतिम घटना अभ्यास प्रदर्शन गरिएको छ ।
जिल्लाको सुरक्षा निकायले कटहरिया नगरपालिका १ भसेढवा स्थित लालबकैया नदिमा बाढी, डुवानमा परेका व्यक्तिलाई कसरी उद्धार गर्ने भन्ने त्यसको कृतिम अभ्यास गरेका छन् ।
मंगलबार जिल्लाको कटहरिया नगरपालिका वडा नं. १ स्थित लालबकैया नदीमा जिल्ला प्रहरी कार्यालय रौतहट, सशस्त्र प्रहरी बल,नेपाली सेना, नेपाल रेडक्रस सोसाइटी रौतहटको संयुक्त समन्वयमा विपद व्यवस्थापन सम्बन्धि संयुक्त अभ्यास कार्यक्रम सम्पन्न भएको हो ।
वर्षातको समयमा हुन सक्ने बाढी, डुवान लगायत बाढी र डुवान मार्फत हराएका व्यक्तिहरुको कसरी सकुश्ल उद्धार गर्ने विपदको समयमा हुन सक्ने जोखिम तथा क्षतिलाई न्यूनिकरण कसरी गर्ने भन्ने उद्देश्यका साथ नदिमा त्यसको अभ्यास गरिएको छ ।
अभ्यासको क्रममा नदिमा केही व्यक्ति डुबेर गुहार मागिरहेका थिए । त्यसपछि डुंगाको माध्यम र पौडी खेलेर प्रहरीले डुबिरहेका व्यक्तिलाई सकुश्ल उद्धार गरेका थिए ।
नेपाली सेनाको संयोजकत्वमा जिल्ला विपद् व्यवस्थापन समिति र अन्य सरोकारवाला निकायसँग मिलेर यो अभ्यास सञ्चालन गरिएको हो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा अभ्यास गरेर देखाएका थिए ।
विपद्को दृष्टिकोणले महत्वपूर्ण र संवेदनशील देखिएका स्थानहरूमा वर्षायाममा हुनसक्ने पबाढी र डुवानबारे खबर संकलन गरी अभ्यास सञ्चालन गर्ने र परेको समयमा प्रभावकारी रूपमा परिचालित भइ धनजनको क्षति न्यूनीकरण गर्नका लागि अभ्यास सञ्चालन गरिएको छ ।
कार्यक्रममा बाढीसम्बन्धी जानकारी दिनुका साथै पहिरोमा परि साधारण घाइते भएका व्यक्तिलाई डुंगा, डोरी, जुमर, क्याराबिनर र ल्याडरको सहायताले उद्धार गरी सुरक्षित स्थानमा लैजाने कार्य गरिएको थियो ।
यसैगरी बाढीमा हराएका व्यक्तिको खोजतलास तथा शवलाई डुंगा, डोरी, जुमर र स्टे«चरको सहायताले सुरक्षित स्थानमा लगिने अभ्यास गरिएको थियो ।
सम्भावित विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन गर्न विपद सम्बन्धी सचेतना अभिवृद्धिका लागि सुरक्षा निकाय र सरोकारवाला निकायद्धारा स्थानीयलाई पनि राखेर कृतिम घटना अभ्यास र तालिम कार्यक्रम देखाइएको बताइएको छ ।
कटहरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत किरण निधी तिवारीले कार्यक्रममा स्वागत मन्तव्य दिएका छन ।
कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जैसवालको अध्यक्षता तथा उपप्रमुख रिता देवी यादवको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा नेपाली काङ्ग्रेसको युवा नेता जवाहरलाल यादव, प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर साही,जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरी उपरीक्षक वीर बहादुर बुढा मगर,प्रमुख सेनानी गंगा बहादुरविष्ट, शस्त्र प्रहरीका एसपी ध्रुवकुमार कार्की,जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, जिल्ला समन्वय समितिको सभापति रामअयोध्या यादव, नगरपालिकाका वडा अध्यक्षहरु, विभिन्न सरकारी कार्यालयका पदाधिकारी, संचारकर्मी, विभिन्न विद्यालयका प्रधानध्यापक, विद्यार्थी, सर्वसाधारण समेतको उपस्थितीमा विपद व्यवस्थापन अन्तर्गत बिपदको समयमा खोजी तथा उद्धार कार्यको संयुक्त अभ्यास कार्यक्रम प्रदर्शनी गरिएको थियो ।
वर्खा सुरु भएसँगै जिल्लामा बाढीको घटना हुने गरेको छ । जसले गर्दा बर्सेनि जनधनको ठूलो क्षति गर्ने गरेको छ ।

error: Content is protected !!