रौतहटको मौलापुर बजारमा खुल्याम यौन धन्दा, प्रहरी प्रसाशन मुख दर्शक
असोज ०२ गते रौतहट ।
रौतहटको मौलापुर बजारमा खुल्याम यौन धन्दा भइरहेको तथ्य बाहिर आएको छ । मौलापुरको एक होटलमा खुल्याम यौन धन्दा भइरहेको भनि समाजिक सञ्जालमा यतिखेर चर्को विरोध भइरहेको छ ।
मौलापुर नगरपालिका वडा नं ५ मौलापुरको होटलमा खुल्याम देह व्यापार हुने गरेको छ । होटलको नाम अहिलेसम्म खुलेको छैन । मौलापुरको सो होटलमा दुई तिन जना व्यक्तिले केटिसँग यौनजन्य क्रियाकलाप गरिरहेको तस्विर समाजिक सञ्जालमा भाइरल बनेको छ ।
केही ग्राहकले यौन व्यवसायमा संलगन केटीसँग खुल्यामा रुपमा यौनजन्य क्रियाकलाप गरिरहेको तस्विर समाजिक सञ्जालमा सार्वजनिक भएपछि मौलापुरमा यौन धन्दा हुने गरेको तथ्य बाहिर आएको हो ।
पछिलो समय मौलापुरमा यौन धन्दा हुने अखडा बन्दै गएको स्थानियहरुले बताएका छन । मौलापुरमा इलाका प्रहरी कार्यालय रहेपनि प्रहरी प्रशासनलाई चुनौति दिदै होटलमा यौन धन्दा हुने गरेको छ तर प्रहरी प्रशासन मुख दर्शक बनेको पाइएको छ ।
जिल्लाको सुरक्षा निकायका प्रमुख सिडियो, नेपाल प्रहरीका एसपी, सशस्त्र प्रहरीका एसपी, व्यापक रुपमा परिचालित रहेका सदा पोशाकका प्रहरी इमान्दार आफ्नो कर्तव्य प्रति बाफादार हुदैन त्यहाँ अपराध रहित समाजको परीकल्पना गर्न सकिदैन, गरिब, असहायक, निमुख्खा, राजनीतिक पहुच नभएका व्यक्तिले न्याय पाउन मुस्किल हुन्छ ।
मौलापुर बजारमा बिगत करिब २ बर्ष भन्दा पहिला देखी नै होटेलमा बेश्या वृति हुदै आएको छ, त्यो होटेल कै नजिकै प्रहरी चौकी पनि रहेको छ र त्यो कुरा जिल्लाका प्रहरी प्रमुख लाइ पनि अवगत नहुनु कुरै छैन तै पनि पावर र पहुचको आधार तथा आर्थिक लाभको कारण ति सामाजिक बिकृति लाइ अहिले सम्म रौतहट प्रहरी ढाक छोप गर्दै आएको छ जसको असर भोलिका दिनमा त्यहाँका समाजमा पर्ने सम्भावना रहेको छ ।
युवाहरु गलत बाटोमा जान सकिने जोखिम रहेको हुदा मौलापुरमा देखिएको असामाजिक कार्य देह व्यापारलाइ रौतहट प्रहरीले तुरुन्त कार्यवाही गरि आफ्नो प्रतिको जनताको विश्वास गर्न सकिने बातावरण बनाउनु पर्दछ ।