वडा कार्यालय बाट कटहरिया ८ मा बाल पोषण भता वितरण

रबिन्द्र प्रजापति, असोज ०३ गते रौतहट ।
रौतहट कटहरिया नगरपालिकामा बाल पोषण भता वितरण सुरु गरिएको छ । जिल्लाको कटहरिया नगरपालिका वडा नं. ८ मा बाल पोषण भता वडा कार्यालय बाट वितरण सुरु गरिएको छ । आईतवार एक कार्यक्रमका बिच वडा नम्बर ८ का वडाध्यक्ष समिश बिक्रम शाहको रोहबरमा भता वितरण गरिएको हो । बैंकमा गएर बालपोषण भता बुझन समस्या भईरहेको गुणासो आउन थालेपछि वडा अध्यक्ष समिश बिक्रम शाहले नगरप्रमुख अजय प्रकाश जयसवाल र बैंकका कर्मचारीहरू सँग समन्वय गरि वडा कार्यालय बाट नै बितरण गराउन लागेका हुन् । आर्थिक वर्ष २०७८÷७९ को वितरण गर्न बाँकि रहेको बाल पोषणा भता उपलब्ध गराइएको हो । वडाको पिप्रा पोखरिया र बलुवा टोलका सयौं बालबालिकाहरू लाई वितरण गरिएको वडा अध्यक्ष शाहले जानकारी गराउनु भयो । बिहीबार सम्म बालपोषण भता क्रमशः वितरण गरिने वडा अध्यक्ष शाहले बताए । प्रति बालबालिकाहरू लाई मासिक चार सय का दरले रूपैया वितरण भईरहेको वडा सचिव जयराम साहले जानकारी गराउनु भयो ।
सो वडामा बालपोषण भता स्वरूप करिब १४ लाख रकम वितरण गर्नुपर्ने छ । जस मध्ये पहिलो दिन करिब ५ लाख भन्दा बढी रकम वितरण गरिएको सचिव साहले बताए ।

error: Content is protected !!