पछिलो समय दशैंको रौनकता रौतहटमा हराउँदै
असोज ११ गते रौतहट ।
हिन्दु नेपालीहरुको महान चाड् बडादशैं सोमवारदेखी शुरु भएको छ । रौतहटमा प्रत्येक वर्ष हर्षोउल्लासका पूजाआराधना गरी दुर्गा पुजा मनाउने गरिन्छ ।
जिल्लाको सबै शक्तिपिठहरुमा दुर्गा पूजाको लागि पण्डाल निर्माण गरी भव्य तयारी गरिएको देखिएको छ । प्रत्येक वर्ष झै यसवर्ष पनि दुर्गा पूजाका लागि जिल्लाको विभिन्न ठाउँमा रहेको दुर्गा भवगतीको मन्दिरलाई विशेष रुपमा सजाइएको छ ।
दुर्गा पूजा हुने गौर, गरुडा, शिवनगर, कटहरिया लगाएतका अन्य ठाउँमा रहेको दुर्गा मन्दिर अर्थात शक्तिपिठहरु दुल्ही झैँ सिँगारिएको छ । यी शक्तिपिठहरुमा दशैंको अवसरमा विभिन्न साँस्कृतिक कार्यक्रम सहित ठुलो मेला समेत लाग्ने गरेको छ ।
दशैंको पहिलो दिन सोमवार घटस्थापना भएकोले दुर्गा पूजा हुने जिल्लाको सबै दुर्गा मन्दिरहरुमा सोमवार हजारौ हजार कन्या कुमारीद्धारा कलश सोभा यात्रा निकालिएको थियो ।
दशैं शुरु भएसँगै विभिन्न सरसामान किन्न शहर बजारहरुमा सर्वसाधारणहरुको चहलपहल समेत बढ्न थालेको देखिएको छ ।
दसैँको पहिलो दिनदेखि नै सबै मन्दिरहरुमा पूजापाठ गर्नका लागि श्रद्धालु भक्तजनहरुको भिड लाग्न थालेको छ । जिल्लाका शक्तिपिठहरुमा पूजापाठ गर्नका लागि सोमवार विहानै देखी भक्तजनहरुको घुइचो लागेको छ ।
यसैविच नेपालीहरुको महान् चाड बडादशैँको खुशी र उमङ्ग सबैतिर छाइरहँदा यसको पछिलो समय यसको मौलिकता हराउँदै गएको छ ।
पूजा आराधना, शक्तिको उपासना र आपसी सद्भावको महत्वपूर्ण पर्व बडादशैँमा अर्काको देखासिकीमा लाग्ने, आवश्यकताभन्दा बाहिरको फजुल खर्च गर्ने र तडकभडक गर्नेजस्ता प्रवृत्ति बढ्दै जाँदा यसको मौलिकपन हराउँदै गएको हो ।
दशैँमा देवीदेवताको नाममा घर घरमा खसीबोका, कुखुरा, हाँस परेवाजस्ता पशुपक्षीको बलि दिने चलन भने पहिलेको तुलनामा निकै कमी आएको छ ।
अहिले मानिसहरु आफ्नो मौलिक जात्रा मेलाभन्दा पनि सिनेमा, शहर बजारमा लाग्ने रमाइलो मेला, महोत्सवलगायतमा बढी केन्द्रित देखिन थालेका छन् ।
पहिला पहिला निकै हर्ष, उल्लास ,उत्साह र महत्वका साथ दशैं पर्व मनाउने गरिन्थ्यो तर हिजोआज दशैंको सभ्य समाज आधुनिकिकरण, शहरीकरण, उसको नक्कल गर्ने आदि इत्यादि कारणले सानादेखि ठूलासम्म दशैंको रौनक घट्दो छ । पहिला ठूलो परिवार हन्थ्यो, आयश्रोत कम हुन्थ्यो मिठो मसिनो राम्रा गरगहना र लत्ता कपडा सरसामान जुटाउन चाडवाड नै कुर्नु पर्दथ्यो ।