रासायनिक मल तस्करीको माध्यमबाट भित्रिएका २२ बोरा र मोटरसाइकल सहितको रौतहट प्रहरीद्वरा बरामद

रौतहट, ८ मंसिर । सीमापारी भारतबाट तस्करीको माध्यमबाट भित्रयाइएका २२ बोरा रासायनिक मल लोड भएका चार वटा मोटरसाइकल मैरा स्थित नहरको डिलबाट बरामद गरेका छन् ।
इलाका प्रहरी कार्यालय चन्द्रपुरका अनुसार, सोमवार विहान साढे ९ बजेको समयमा गुजरा नगरपालिका–२ मैरा स्थित नहरमा गस्ती प्रहरीलाई हेर्ना साथ रासायनिक मल लोड भएका चार वटा मोटरसाइकल छाडेर चालकहरु फरार भएपछि उक्त सामानहरु बेवारिसे अवस्थामा बरामद गरिएका हुन् ।
सीमापारी भारतीय बजारबाट चोरबाट भएर नेपाल भित्रयाइएका उक्त रासायनिक मल ल्याउने तस्करहरु भित्री जंगलको बाटो भएर चन्द्रपुर तर्फ आईरहेको प्राप्त विशेष सूचनाका आधारमा रंगपुर प्रहरी चौकीबाट प्रसनी जिवनराम धितालको कमाण्डमा खटिएका प्रहरी टोली मैरा स्थित नहरमा पुग्दा तस्करहरु भागेको इलाका प्रहरी कार्यालय चन्द्रपुरका डिएसपी रुपा लाबुङले जानकारी दिए ।
ना.२४ प. ६२३२, विआर ३०० एन२७५२, विआर ३३ वाई ५३०२, र विआर ०५ एन ८९८३ नम्वरको चार वटा मोटरसाइकलमा २२ बोरा रासायनिक बरामद भएको बताउदै डिएसपी लाबुङले बरामद भएका रासायनिक मल सहित मोटरसाइकल आवश्यक अनुसन्धान एवं कारवाहीका लागि गौर भन्सार कार्यालयमा बुझाउने तयारी भईरहेको तथा फरार रहेका चालकहरुको खोजी कार्य जारी रहेको जनाए ।