फतुवा विजयपुर नगरपालिकामा करार का कर्मचारीको म्याद थप र विधुत महसुलका विषयमा कार्यवाहक नगर प्रमुखका भनाई

 

३रौतहटको फतुवा बिजयपुर नगरपालिकामा कार्यवाहक नगर प्रमुख ३अम्बेया खातुनले आज पत्रकार सम्मेलनमार्फत करार कर्मचारी व्यवस्थापनदेखि विद्युत् महसुल विवादसम्मका मुद्दा खुलाइन् । नयाँ कार्यालय प्रमुख आएपछि दरबन्दी मिलान प्रक्रिया अघि बढ्ने र आवश्यक कर्मचारीलाई मात्र पालिकाको आन्तरिक स्रोतबाट व्यवस्थापन गर्ने तयारी रहेको बताइन् । सो प्रक्रिया सुरु नहुँदै केही कर्मचारीहरूले अटेरी गर्दै धर्ना थालेको उनको आरोप छ ।
विद्युत् महसुल भुक्तानीसम्बन्धी विवादबारे उनले नगरपालिकाले यसका लागि २ करोड रुपैयाँ विनियोजन गरिसकेको तर मन्त्रालयको नयाँ निर्देशनले वितरणमुखी कार्यक्रम सञ्चालनमा प्रतिबन्ध लगाएपछि समस्या उत्पन्न भएको स्पष्टीकरण दिइन् । “वडाअध्यक्षदेखि कार्यपालिका सदस्य सबैको एउटै धारणा बनेमा नगरबासीको सम्पूर्ण बक्यौता भुक्तानी गर्न म तयार छु,” उनले भनिन्।

उनका श्रीमान् मोहम्मद सेराजले समेत करार नियुक्तिमा अनियमितता, सेफ्टी ट्यांक सफाइ, मोटर–ट्युबवेल सामग्री निजी घरमा थन्क्याइनेजस्ता आरोप सार्वजनिक गरे ।
उता करार कर्मचारीहरू म्याद थपको लिखित आश्वासन नआएसम्म धर्नामा ।
आज वडाअध्यक्ष पक्षको प्रतिक्रिया पर्खने बेला ।