असोज १४ गते रौतहट ।
सर्लाहीको हरिवन नगरपालिका– २ घर भएका ५५ वर्षीय मोहम्मद दर्जी उर्फ लाल मोहम्मदको हत्यामा संलग्न आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
लाल मोहम्मदको हत्यामा वीरगञ्जबाट हतियार व्यवस्थापन गरिएको खुलेको छ । प्रहरीले हत्यामा संलग्न भएको आशंकामा तीन जनालाई पक्राउ गरेपछि सो खुलासा भएको हो ।
पक्राउ परेकामध्ये २ पुरुष र एक महिला रहेका छन् ।
गोठाटारमा असोज ३ मा लाल मोहम्मदलाई गोली हान्ने सुटर सहित ३ जनालाई पक्राउ गरिएको एकजना उच्च प्रहरी अधिकृतले बताए । घटनाबारे अनुसन्धान गर्न एसएसपी जनक भट्टराईको नेतृत्वमा समिति गठन गरिएको थियो ।
आरोपीहरु पक्राउबारे जानकारी दिन जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलन गर्ने भएको छ ।
कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा कपडा प्याक गर्ने प्लाष्टिक लिएर जोरपाटीबाट फर्केका मोहम्मदलाई बा.६ च ५१५२ नम्बरको गाडीबाट ओर्लनासाथ दुइ जनाले गोली हानेर भागेका थिए । हत्याको योजना भारतिय नागरिक नितेन मदनले बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । घटनाबारे अनुसन्धान गर्न एसएसपी जनक भट्टराईको नेतृत्वमा समिति गठन गरिएको थियो ।
नयाँ समााचार