रौतहटमा बेल नेवतन भव्य रुपमा शनिवार गरिईयो

रबिन्द्र प्रजापति, असोज १६ गते रौतहट ।
रौतहटमा बेल नेवतन भव्य रुपमा शनिवार गरिएको छ । हजारौँको सहभागितामा बेल पूजा अर्थात् बेल नेवतन गरिएको छ । जिल्लाको कटहरिया,फतुवा बिजयपुर,गरुडा,गुजरा,मौलापुर, माधवनारायण,देवाही गोनाही लगायत १८ स्थानिय तहमा बाजागाजा सहित भव्य रुपमा बेल नेवतन विधि गरिएको छ ।
सप्तमीको दिन बेलको रुखबाट बेल टिपेर ल्याउने परम्परा रहेको छ । विशेष रुपले तान्त्रिक विधिले षष्ठीको दिन पूजा गर्ने चलन छ । बेलको पूजा गर्न मन्दिरबाट बेलको रुखसम्म विशेष झाँकी प्रदर्शन र तामझामका साथ गर्ने चलन रहेको छ ।
त्यस्तै जिल्लाको कटहरियामा विभिन्न बाजागाजा सहित कटहरिया बजारका करिब ५० जना यूवाहरुले मोटरसाईकल लिएर सहभागी भएको थियो । यूवाहरुले जय माता दी को नारा सहित ¥याली निकाल्दै गाँउ गाउँमा प्रदर्शन गरेका थिए ।

error: Content is protected !!