लुटपाट गर्ने रौतहटमा एक जना पक्राउ

रबिन्द्र प्रजापति, असोज १८ गते रौतहट ।
रौतहटमा गएराती लुटपाट गर्ने एक जना पक्राउ परेका छन, भने अन्य २ जना फरार रहेका छन । जिल्लाको गरुडा कटहरिया सडकखण्डमा लुटपाट गर्ने गिरोहका एक जना पक्राउ परेको ईलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ ।
पक्राउ पर्नेमा जिल्लाको गरुडा नगरपालिका वडा नं. २ महम्मदपुरका २५ वर्षीय बृजनन्दन यादव रहेको तथा दुईजना फरार रहेको इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई सुरेन्द्र सिंहले बताएका हुन् ।
कटहरिया नगरपालिका वडा नं. ४ बहादुरपुरका सखिचन महरा चमार गरुडा, गंगापिपरा एरियामा परेवा बेचेर साइकल चढेर घर तर्फन लागेका चमारमाथि लुटपाट गरेको पीडित चमारले बताए ।
सोमवार राति ८ बजे जलैया चौकमा पुल नजिकै तीन जनाको समूहले चमारलाई कुटपिट गरी उनीसँग रहेको ५५ हजार रुपैयाँ लुटेका थिए ।
पीडित चमारले गुहार माग्दै रोई कराई गर्दा स्थानीय केही मानिस दौडेर त्यहाँ पुग्दा लुटेरा मध्येका दुईजना उनीहरूको आफ्नै मोटरसाइकलमा फरार भएको तथा बृजनन्दन यादव भने पक्राउ परेको सई सिंहले जानकारी दिए ।
पक्राउ परेका यादवलाई प्रहरीले आवश्यक कारबाहीको लागि राति नै इलाका प्रहरी कार्यालय गरुडामा बुझाईएको र घटनाको संबन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

16 Push 077 final