बारामा बस दुर्घटना परी १४ जनाको मृत्यु, २० भन्दा बढी घाइते

रबिन्द्र प्रजापति, असोज २० गते रौतहट ।
बाराको अमलेखगञ्जमा बिहीबार बिहान भएको बस दुर्घटना परी हाल सम्म १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि २० जना भन्दा बढी घाइते रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जनाएको छ । प्रहरीका अनुसार मृतकको सनाखत हुन बाँकी छ । मृत्यु हुनेमा ९ पुरुष र ५ महिला रहेको प्रहरी उपरीक्षक बोगटीले बताए । चितवनको नारायणगढबाट पथलैया हुँदै बीरगन्ज आउँदै गरेको बा०६–००१ ख–०११० नम्बरको बस बिहान साढे १० बजेतिर दुर्घटना भएको हो । दुर्घटनास्थलबाट घाइतेहरुको उद्धार गरी मकवानपुरको हेटौंडा अस्पतालमा पठाइएको छ । उनीहरुको उचार भइरहेको छ । दुर्घटनामा परेको बसको क्षत विक्षत भएको छ ।

16 Push 077 final