रौतहट- २ मा आलमको परिवारवाद : जेलमा आफू, छोरालाई टिकट दिने तयारी

असोज २१ गते रौतहट ।
बम विस्फोट तथा सामूहिक हत्या अभियोगमा पुर्पक्षका लागि जेलमा रहेका मोहम्मद अफ्ताब आलमको ठाउँमा उनका छोरा फिरदौस आलमले रौतहट– २ प्रतिनिधि सभा निर्वाचनको टिकट पाउने भएका छन्।
आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनमा अलमलाई रौतहट– २ को टिकट दिने तयारी थियो। यसका लागि उनको नाम जिल्ला र प्रदेश दुवै ठाउँबाट सिफारिस भएको थियो । तर, कांग्रेसभित्र उनको विपक्षमा माहोल बनेपछि छोरा फिरदौसलाई टिकट दिने पक्षमा कांग्रेस पुगेको हो।
फिरसौद उनका जेठा छोरा हुन्। उनी नेपाल प्रहरीका पूर्वप्रहरी निरीक्षक हुन। आलम जेल परेपछि उनले सेवाबाट राजीनामा दिएका थिए । उनका भाइ राजिक आलम अहिले रौतहट राजपुर नगरपालिकाका मेयर छन्।
गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा उनी मेयरमा निर्वाचित भएका थिए। आलमका सम्धी शेख वकिल अहिले रौतहट परोहा नगरपालिकाका मेयर छन्।
उनी पनि ३० मंसिरकै निर्वाचनमा मेयरमा विजयी भएका थिए। उनका भतिज कौशर आलम रौतहट प्रदेश संसद् समानुपातिकमा सिफारिस भएका छन्। कौशर उनका दाइ शेख इद्रिसका नाति हुन्।
आलमका दाइ शेख सकिल भने प्रदेश संसद् प्रत्यक्षतर्फ सिफारिस भएका छन्। उनका फुपूका छोरा फिरोज आलम पनि प्रदेश संसद् समानुपातिकतर्फ सिफारिस भएका छन्। रौतटह( २ आलमकै परिवारले कब्जा गर्ने देखिएपछि रौतहट कांग्रेसमा तुफान सिर्जना भएको छ। नयाँ पत्रिका

16 Push 077 final