रौतहटको सोनरनियामा झण्डा मेलासहित कुस्ती प्रतियोगिता सुरु

रबिन्द्र प्रजापति, असोज २५ गते रौतहट ।
रौतहटमा मंगलवारदेखि झण्डा मेला सहित कुस्ती प्रतियोगिता सुरु भएको छ । जिल्लाको मौलापुर नगरपालिकामा वडा नं. ९ सोनरनियामा दुई देहीय कुस्ती प्रतियोगिता सुरु भएको अध्यक्ष श्यामकिशोर साहले जनाएको छ । प्रतियोगितामा रौतहट,नवलपरासी तथा भारतको राजस्थान, पंजाब लगायतका कुस्तिवाजको सहभागिता रहेको वडा अध्यक्ष साहले बताए । मंगलबार भएको ३० प्रतियोगितामा नेपालका सबै कुस्तिबाज विजयी भएका छन्। नेपालका हरिहर थापा,वसन्त थापा पहलमान विजयी भएको साहले बताए। बुधबार नेपालका प्रसिद्ध कुस्ती खेलाडी देवा थापाको पहलमानी हुने आयोजकले जानकारी गराएको हो । असोज २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल तथा भारतका ७० जना कुस्तिवाजहरूको सहभागिता छ । सोनरनियामा हरेक वर्ष कार्तिक स्नान आरम्भको अवसर पारेर मेला लाग्दै आएको छ ।

16 Push 077 final