रौतहटको कटहरियामा गएराती डकैती तथा लुटपाट एक थान हथियार बरामद
रबिन्द्र प्रजापति, कार्तिक १० गते रौतहट ।
रौतहटमा डकैती तथा लुटपाट भएको छ । जिल्लाको कटहरिया नगरपालिका वडा नं. ५ कटहरिया बस्ने रामचन्द्र साह सोनारको घरमा गएराती लुटपाट भएको छ । रामचन्द्र सोनार धान, गहुन, मसुरी किन बेच गर्ने ब्यपारी हुन ।
सोनारको घरमा ५÷६ जना को संख्यामा रहेका अज्ञात हतियारधारी समूह बुधवार राती १ बजेको समयमा सोनारको घरको पछाडि वालमा भर्याङ राखेर घरभित्र पसेका थिए । फलामको सिढी लगाएर भित्र प्रवेश गरेका थिए ।
कोठामा रहेको दराज फोडेर विभिन्न गरगहना,गल्ला पसलमा राखिने बाक्सा फोडेर २५ हजार नगद र केहि कपाली तमसुक समेत लुटेको पीडित रामचन्द्र साहले बताएका छन ।
घरको दोस्रो तल्लाको कोठामा सुतिरहेका साहका नाति २५ बर्षिय विवेक साहले होहल्ला गरेपछि लुटेरा समूह भागेका छन ।
लुटेराले कोदालो,एकजनाको हातमा लौरो र तेस्रोको हातमा हतियार देखेर चुपचाप बसेको विवेक साहले बताएका छन ।
घटना लगत्तै ईलाका प्रहरी कार्यालय कटहरिया र ईलाका प्रहरी कार्यालय गरुडामा फोन गरेको र बिहान साढे २ बजे आएको प्रहरी टोलीले घरेलु हतियार थ्रीफिप्टिन पेस्तोल बरामद गरेको छ।
लुटेरा समूह रामचन्द्र साहको घरमा प्रवेश गर्नु अघि कटहरिया गाउँका जयमंगल साह सोनार र पारस साह सोनारको घरको ढोकामा समेत हिर्काएका थिए ।
ईलाका प्रहरी कार्यालय कटहरियाका प्रहरी टोलिले राति गस्ती कम गर्ने गरेको कारण कटहरिया बजार तथा आसपासको गाउमा पटकपटक चोरी तथा लुटपाटको घटना हुँदै आएको स्थानीयहरुले गुनासो गरेका छन । फोटो : कलमपाटी