लागु औषध गाँजा सहित १ जना महिला पक्राउ

रबिन्द्र प्रजापति, पुस ०९ गते रौतहट । लागु औषध गाँजा सहित १ जना बृद्ध पक्राउ परेका छन् । रौतहट जिल्लाको माधवनरायण नगरपालिका वडा नम्बर ५ मिठुअवा बस्ने स्व.प्रेम साहको श्रीमती अन्दाजी बर्ष ५२ की सितापती देवी पक्राउ परेकी छिन
बिहिवार दिउँसो करिब सावा तीन बजेको समयमा आफनै घरमा लागु औषध गाँजा लुकाई छिपाई राखी बिक्री वितरण गरिरहेको भनि सूचना प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय गरुडा र जिल्ला प्रहरी कार्यालय रौतहटबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले निज सितापती देवीको घर कोठा कानून बमोजिम तलासी गर्दा अनेदाजी २.५ किलो लागु औषध (गाँजा) फेला पारेको थियोे ।
बरामद गरीएको गाँजा सहित निज सितापती भन्ने लोलावती देवी समेतलाई नियन्त्रणमा लिई शुक्रबार सम्मानित रौतहट जिल्ला अदालतबाट म्याद थप लिई ईलाका प्रहरी कार्यालय गरुडामा राखी थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।

16 Push 077 final