प्रचण्ड तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त

पुस १० गते काठमाडौँ — प्रधानमन्त्री पदमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नियुक्त भएका छन् । आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाल प्रचण्डलाई नियुक्त गरेकी हुन् । संविधानको धारा ७६ को ९२० अनुसार दाहाल प्रचण्डलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
दाहालले दोस्रो ठूलो दल नेकपा एमालेसहित सात दल र ३ स्वतन्त्र गरी १६९ सांसदको समर्थन जुटाएर प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष दाबी पेस गरेका थिए ।
यससँगै तेस्रोपटक प्रधानमन्त्री बनेका दाहालले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन्। राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको शपथ सोमबार ४ बजे तय गरेको राष्ट्रपतिका प्रेस विज्ञ टीका ढकालले जानकारी दिए । प्रचण्ड यसअघि २०६५ र २०७३ मा ९र९ महिनाको अवधि प्रधानमन्त्री बनेका थिए ।
को हुन् दाहाल
कक्षा १० मा पढ्ने बेलादेखि राजनीतिक चासो राखेका दाहाल २०२८ सालमा कम्युनिस्ट पार्टीमा आबद्ध भएका थिए । २०४२ सालमा नेकपा मशालको पाँचौँ महाधिवेशनबाट केन्द्रीय सदस्य बने । २०४६ सालको जनआन्दोलनअघि मशालको महासचिव बने । २०५२ साल फागुन १ गतेबाट सुरु भएको तत्कालीन नेकपा माओवादीको जनयुद्धको नेतृत्व गरेका दाहाल २०५८ मा नेकपा माओवादीको अध्यक्ष भए भने २०५८ मा जनमुक्ति सेनाको सर्वोच्च कमान्डर पनि बने । त्यसयता लगातार पार्टी नेतृत्वमा रहेका दाहाल २०७५ सालमा एमालेस‌ँगको पार्टी एकीकरणपछि नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को अध्यक्ष पनि बने ।
संसदीय यात्रा
पहिलो संविधानसभा २०६४ मा रोल्पा र काठमाडौं १० बाट निर्वाचित भएका दाहाल दोस्रो संविधानसभा २०७० मा सिरहा ५ बाट जिते । २०७४ सालमा प्रतिनिधिसभा सदस्यमा चितवन ३ बाट निर्वाचित भएका दाहाल यसपटक गोरखा(२ पुगेर त्यहाँबाट जितेर आए ।
माओवादी शान्ति प्रक्रियामा आएपछि पहिलोपटक भएको संविधान सभाको चुनावमा माओवादी ठूलो भएपछि २०६५ सालमा नौ महिनाप्रधानमन्त्री भए । २०७३ सालमा उनी पुन प्रधानमन्त्री बनेका थिए । पहिलो र अहिले तेस्रोपटक प्रधानमन्त्री बन्दा दाहालको मूल सत्ता साझेदार एमाले बनेको छ । दाहाल दोस्रोपटक प्रधानमन्त्री हुँदा उनको मुख्य सत्तासाझेदार दल कांग्रेस थियो । कान्तिपुर

16 Push 077 final