आफ्नै काकीको हत्या गरेको आरोपमा धनुषामा एक युवक पक्राउ

पुस १२ गते धनुषा । धनुषामा आफ्नै काकीको विभत्स हत्या गरेको आरोपमा २० वर्षीय युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा विदेह नगरपालिका ७ वेलापट्टी बस्ने २० वर्षीय दिलिप कुमार साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
सोमबार साँझ ३० वर्षीया कविता देवी साहको आफ्नै सुत्ने कोठामा करेन्ट लागि मृत्यु भएको र उनको १४ महिनाको छोरा घाईते भएको प्रहरीमा खबर गएको थियो ।
प्रहरीले यस घटनामा अनुसन्धान गर्दै जाँदा महिलाको आफ्नै भतिजोले हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरीको अनुसन्धान टोली घटना स्थलमा जाँदा मृतक लाशको अनुहारकै भागमा गम्भिर चोट लागि रक्ताम्य तथा अर्धनग्न अवस्थामा शव फेला परेको थियो । कुकुरसहितको टोलीले अनुसन्धान गर्दै जाँदा दिलिपलाई शंकास्पद अवस्थामा फेला परेको र उनको हाथको बुढी औला तथा घाटिको भागमा स–साना चिछोरीएको जस्तो दाग देखिएको थियो ।
प्रवक्ता क्षेत्रीका अनुसार दिलिपको शरीर खान तलासि गर्दा उनले लगाएको अन्डर वेयर भित्र मृतकले प्रयोग गर्ने मोवाईल लुकाई छिपाई राखेको अवस्थामा फेला परेको तथा अन्डर वेयरको पछाडी भागमा रगत जस्तो पदार्थ लागेको अवस्थामा फेला परेको हो ।
यस्तै, वरदातको समय लगाएको जिन्स पाईन्ट र भेष्टमा रगत जस्तो पदार्थ लागेको कपडा आफ्नो घरमा ब्याग भित्र लुकाई छिपाई राखेको अवस्थामा फेला परेको प्रहरीले जनाएका छन् ।
यस सम्बन्धमा थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । टुडेपाटी

16 Push 077 final