डुमरीयामा रहेको बैजुनाथ सुगर एण्ड केमिकल्स प्रालिमा टर्वाइन ब्लास्ट हुँदा करोडौँको क्षति

रबिन्द्र प्रजापति, पुस १२ गते रौतहट । रौहतटको डुमरीयामा रहेको श्री बाबा बैजुनाथ सुगर एण्ड केमिकल्स प्रालिमा टर्वाइन ब्लास्ट हुँदा करोडौँको क्षति भएको छ ।
जिल्लाको कटहरिया नगरपालिका वडा नं. ९ डुमरियामा रहेको सो चिनी मिलमा मंगलबार टर्वाइन ब्लास्ट भएको हो ।
टर्वाइन ब्लास्ट हुँदा करिव १० करोडको क्षति भएको मिल संचालक बैजुनाथसाहले बताए । सो मिलमा मानविए कुनै छति नभएको ओमप्रकाश जयसवालले बताए ।
संचालक साहका अनुसार उखु क्रसिङ गरिरहेका अवस्थामा अचानक टर्वाइन ब्लास्ट भएको थियो ।
चिनि मिल बन्द हुँदा किसानले बिक्रीको लागि ल्याएको काटेको उखु अलपत्र परेको छ । प्राविधिक टोली भारतबाट बोलाइएको छ ।

error: Content is protected !!