रौतहटमा माछा मार्ने क्रममा करेन्ट लागेर शुक्रवार एक जनाको मृत्यु

रबिन्द्र प्रजापति, पुस १६ गते रौतहट । रौतहटमा शुक्रवार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको गरुडा नगरपालिका वडा नं. ७ पिपरिया दोस्तियामा माछा मार्ने क्रममा करेन्ट लागेर सोही स्थानका ३० वर्षीय रामतिलक पटेलको मृत्यु भएको ईलाका प्रहरी कार्यलय गरुडाका डिएसपी बरुण बहादुर सिंहले बताए ।
शुक्रबार साँझ गाउँ छेउको तरहारी खोलामा विद्युतीय तार प्रयोग गरि माछामार्ने क्रममा पटेललाई करेन्ट लागेर अचेल हुँदा उपचारको लागि गरुडा अस्पताल पुर्याएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी सिंहले बताए ।
मृतक पटेलको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौर पठाइएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

16 Push 077 final