रौतहटमा जिपको ठक्करबाट मोटरसाईकलमा सवार दुई जनाको मृत्यु

पुस १७ गते रौतहट । रौतहटमा जिपसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार रौतहटको माधवनारायण नगरपालिका २ का ६५ वर्षीय परमात्मा प्रसाद साह र सोही पालिकाका वडा नं। २ का ६५ वर्षीय गौकरण यादव रहेका छन् ।
शनिबार साँझ गौर चन्द्रपुर सडकखण्ड अन्तर्गत माधवनारायण नगरपालिका–३ सखुअवामा ना १ ज ६७४९ नम्बरको म्याजिक जिप र बा ३९ प ८८६५ को नम्बरको मोटरसाइकल ठोक्किँएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा सवार दुबैजना दुर्घटनामा गम्भीर घाइते भएका थिए । दुबैजनालाई उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
जिपका चालक चन्द्रपुर नगरपालिका–४ का २७ वर्षका महम्मद सहुल मियाँलाई प्रहरीले नियन्त्रणमा लिएर घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

16 Push 077 final